माडीको सोमेश्वर गढी वरपर सरसफाइ

चितवन : माडीको सोमेश्वर गढी वरपर काली बहादुर गणले सरसफाइ गरेको छ । गणको आफनो जिम्मेवारी क्षेत्रमा रहेका गढी, धार्मीक स्थलहरु र सिमा स्तभहरुको स्याहार, संभार, मर्मत एवम नागरिक र सैनिक बिचको समुधर सम्बन्ध कायम राख्ने अभिप्रायले सोमेश्वरगढी वरपर सरसफाइ गरिएको हो । माडी नगरपालीका वाड नं. ५ स्थितमा रहेको   सोमेश्वर गढी र सगै रहेको कालीका मन्दिरको सरसफाई गरिएको निमित्त गणपति सेनानी पदम बहादुर क्षेत्रीले बताउनु भयो ।

सरसफाई कार्यक्रममा माडि नगरपालीकाका उप प्रमुख ताराकाजी महतो, गणका निमित्त गणपति सेनानी पदम बहादुर क्षेत्री, पर्यटन बिकास समितिका अदक्षय एबम माडी नगर पालीका वाड नं.३ का वडा अध्यक्ष पुरन महतो, वाड नं. ५ का वडा अध्यक्ष रामबन्दु पोखरेल, सोमेश्वर गढी सरक्षण तथा पुजा व्यबस्थापन कार्यक्रमका अध्यक्ष पिताम्बर पोखरेल, सचिव लोक प्रसाद देवकोटा लगाएत गणका पदिक, बिल्लादार ताथ जवानहरुको सहभागीता रहेको थियो  । गणले यस अघि उपदाङ्ग गढी र कबिलासपुर गढीमा समेत सरसफाइ गरेको थियो ।

Promise Education Consultancy