भरतपुरमा प्रहरीको लागू औषध विरुद्ध सचेतनामुलक सडक नाटक (फोटो फिचर)

भरतपुर : जिल्ला प्रहरी कार्यालय चितवन र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा समाजमा रहेको बिकृती र बिसंगतीलाई चित्रण गर्दै भरतपुरमा लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक प्रस्तुत गरेको छ ।

 

हाल नेपालमा ६ लाख भन्दा बढी लागु औषध प्रयोगकर्ता रहेका र ति मध्ये बर्षेनी ९ हजार जनाको मृत्यु हुँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायक उपरीक्षक सुर्यबहादुर थापाले बताउनु भयो ।

 

उक्त सडक नाटकमा पैदलयात्रु, सर्बसाधारण ,नारायणी पब्लिक बोडिङ्ग स्कुलका बिद्यार्थी साथै अन्य दर्शकहरुको पनि सहभागीता रहेको थियोे ।

Promise Education Consultancy