माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । मंगलबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको नेता श्रेष्ठले बताए । बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने उनले बताए । श्रेष्ठका अनुसार आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै एकीकरण पूर्वकै अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रको पेरिसडाँडामा बसेको यो पहिलो स्थायी समिति बैठक हो ।

Promise Education Consultancy