चितवनमा नाचगानसहित एमाले पार्टी कार्यालय स्थापना (फोटो-फिचर)

 

चितवन : नेकपा एमाले चितवनले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो । भरतपुर कृष्णपुरस्थित पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाए ।

पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ । नेकपा एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको बताए । उनले भने, ‘सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प छैन ।’

उनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने उनले बताए । सो अवसरमा युवा नेता अस्वीन घिमिरेले सांगितिक प्रस्ुतती दिएका थिए ।

Promise Education Consultancy