पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय

काठमाडौं :  प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि प्रचण्ड–नेपाल समूहले यस्तो निर्णय गरेको हो ।

अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।

Promise Education Consultancy