नारी दिवसमा श्रीमान् बोकेर दौडिए श्रीमतीहरू

तनहुँ । १११औँ अन्तर्राष्टिय महिला दिवसको दिन श्रीमानलाई बोकेर दौडने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी प्रथम बनिन् । उनले श्रीमान् पदम अधिकारीलाई बोकेर दौडिएर विजेता बन्न पुगिन् ।

तनुहँको देवघाट गाउँपालिकाले सोमबार नारी दिवसको अवसर पारेर श्रीमतीले श्रीमान बोकेर दौडने अनौठो प्रतिस्पर्धीको आयोजना गरेको थियो।

स्थानीय कालिका माविको प्रांगणमा गाउँपालिकाले एक सय मिटरको दूरीमा यस्तो प्रतिस्पर्धीको आयोजना गरेको थियो। प्रतिस्पर्धीमा २४ वर्षका युवादेखि ६५ वर्षीय वृद्धसम्म सहभागी भए। प्रतियोगितामा श्रीमान् नवीनलाई बोकेकी गंगा गुरुङ दोस्रो भइन् ६५ वर्षीय बमबहादुर थापा क्षेत्रीलाई बोकेर ४५ वर्षीया श्रीमती सीता तेस्रो बनिन् भरतलाई बोकेर दौडिने श्रीमती उजेली चौंथो भइन् ।
दश जोडी सहभागी भएको प्रतिस्पर्धीमा श्रीमान् बोक्ने प्रतियोगिता नौलो रहेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

गाउँपालिकाले नारी दिवसको अवसरमा महिलाहरूको कुर्सी चाल प्रतियोगिता, गाउँपालिकाका सहायक कार्यकर्ताबीचको प्रतिभा प्रस्तुति कार्यक्रम पनि आयोजना गरेको थियो ।

 

 

 

 

 

Promise Education Consultancy