पत्रकार रविना पौडेल सहित सेभ द माइण्ड नेपालद्धारा २५ जना सम्मानित

चितवन : चितवनमा केन्द्रीय कार्यालय रहेको सेभ द माइण्ड नेपालले पत्रकार रबिना पौडेललाई सम्मान गरेको छ । १११ औं अन्तरास्ट्रिय महिला दिवस २०७७ को अवसरमा आज आयोजित कार्यक्रममा महिला,बालवालिकाहरुको पक्षमा निरन्तर आवाज उठाउदै आइरहेको संस्था सेभ द माइण्डले सम्मान पत्रले पत्रकार पौडेल सहित विभिन्न कठिनाइकावीच पनि उद्यमी बन्नुभएका २५ जनालाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर उपप्रमुख पार्वती शाहाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
प्राईम टेलिभिजनको चितवन संवादाता रहेर कोभिडको संक्रमणका समयमा समेत फिल्डमा रहेर सक्रिय रही जनताको पक्षमा पत्रकारिता गरेको भन्दै सम्मान गरेको सेभ द माईण्ड नेपालकी अध्यक्ष प्रमिला भुसाल पुजाले बताउनुभयो । यसले कार्यक्षत्रमा काम गर्न थप हौसला मिल्ने र आवाजविहीनहरुको आवाज थप शसक्तरुपमा उठान गर्ने विश्वास आफूहरुमा रहेको उहाँको भनाई छ ।
पत्रकार पौडेलले आफूलाई सम्मान गरेर थप प्रेरणा दिएको भन्दै संस्थालाई आभार व्यक्त गर्नुभयो ।
संस्थाले आज २१औं शताब्दीमा महिलाहरुको अवसर र चुनौती बिषयक अन्तरक्रिया एवम् संघर्षशील महिला दिदिबहिनीहरुको सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर उप प्रमुख पार्वती शाहाले वर्षको एक दिन नभई ३६५ दिननै महिलाहरु यसैगरी जागरुक बनेर हक अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाकी अध्यक्ष प्रमिला भुषाल पुजाले अव गाउँ गाउँमा गएर महिला वालवालिकाहरुको अवस्था बुझ्ने र सभ्य शान्त समाज निर्माणका लागि जनचेतनाका कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । साथै आफ्नो संघर्षबाट प्राप्त उपलब्धीमा संस्थाले सम्मान गर्दा सम्वन्धीत व्यक्तिमा थप प्रेरणा लगाउने भएकाले चटपट व्यवसाय गर्ने देखि चिकित्सक पेशामा चर्चित महिलाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष शान्ता न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा सामाजिक अभियन्ता देवी आचार्य, संस्थाका कानुनी सल्लाहाकार राजकुमार श्रेष्ठ,डा शारदा कुँवर,ममता न्यौपाने, कल्याणी मिश्र लगायतले कार्यक्रममा बोल्दै महिलाहरु स्वयम आत्मविश्वासी भएर आवाज उठाउन आह्वान गर्नुभयो । जसले बोल्न सक्छ उसैले प्रगति गर्न सक्ने भन्दै आफू अन्यायमा पर्दाको न्याय आफ्नो आवाज भएकाले जागरुक बन्न आह्वान गर्नुभयो ।

Promise Education Consultancy