सुरु भयो प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ । यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए ।

छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।

Promise Education Consultancy