अब मुस्लिम महिलाले बुर्का लगाउनु पर्दैन

एजेन्सी : स्वीटजरल्याण्डमा मुस्लिम महिलाले बुर्का लगाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आइतबार भएको जनमत संग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको हो ।

जनमतसंग्रहको परिणामअनुसार बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत र यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत  खसेकाे थियाे ।

जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो । स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिवादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो ।

Promise Education Consultancy