मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं :  हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।हाल सुदूरपश्चिम प्रदेशकासाथै देशका पश्चिमी पहाडी भू–भागहरूको मौसममा पूर्ण बदली रहेको छ ।

देशका अन्य पहाडी क्षेत्रको मौसममा सामान्य बदली रहेको छ।देशका बाँकी भू–भागहरूको मौसममा आंशिक बदली रहेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरुको मौसममा सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागका थोरै स्थान र वागमती र प्रदेश १ का एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Promise Education Consultancy