प्रचण्ड–माधव समूहद्वारा कानून व्यवसायीहरुसँग छलफल, फैसला राजनीतिक भएको ठहर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कानुन व्यवसायीहरुसँग छलफल र परामर्श गरेका छन् ।

संसद वैठकपछि भएको छलफलमा सर्वोच्च अदालतले आइतवार गरेको नेकपा पार्टीको आधिकारिताबारेको फैसलापछि उत्पन्न परिस्थितिका बारेमा प्रचण्ड माधव समूहले विज्ञ र कानून व्यवसायीहरुसँग छलफल र परामर्श गरेको हो ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला अनेपेक्षित भएको बताउनुभयो । फैसला बढी नै राजनीतिक भएको आफूहरुको ठहर रहेको बताउदै उहाँले यसबारेमा सोमवार पार्टीको स्थायी समिति वैठकमा गहन रुपमा छलफल हुने जानकारी दिनुभयो । स्थायी कमिटी छलफलपछि सोमवार नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमाले नामको पार्टी आधिकारिक रुपमा दर्ता नभएको उहाँले बताउनुभयो । तर कसैले गरेको रहेछ भने राम्रो नहुने उहाँको चेतावनी थियो । त्यसरी दर्ता भएका पार्टीको आइतवार सर्वोच्चले गरेको फैसलासँग कुनै सम्बन्ध नरहने अध्यक्ष दाहालले प्रष्ट पार्नुभयो

Promise Education Consultancy