प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित

 

काठमाडौं : प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गर्नुभएको हो । पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक नै नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको थियो । बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको भन्दै काँग्रेसले विरोध गरेको थियो ।

कांग्रेसले संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे रोष्टम घेराउ गरेको थियो । काँग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए ।

उनीहरुले आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । त्यसपछि पनि सहमतिमा पुग्न नसकेपछि सभामुख सापकोटाले २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

Promise Education Consultancy