एमाले व्यूँझिएको खुशीयालीमा चितवनमा दीपावली

चितवन : सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ ।

अदालतको आदेशले दलहरू पुरानै अवस्थामा पुगेपछि चितवनमा रहेका तत्कालीन एमालेका नेता कार्यकर्ताले सडकमा सूर्य चिन्ह बनाएर र पार्टी कार्यालयमा दीपावली गरेका छन । तत्कालिन एमाले पार्टी कार्यालय कृष्णपुरमा युवासंघ र अनेरास्ववियूको संयुक्त आयोजनामा दिपावली गरिएको थियो ।

कार्यकर्ताको भावना अनुरुपको फैसला भएको भन्दै कार्यकर्ताहरुले निर्णयको स्वागत गरे । दिपावली कार्यक्रममा सहभागी जिल्लाका नेता कार्यकर्ता उत्साहित देखिन्थे । उनीहरुले एक अर्कालाई बधाई समेत साटासाट गरेका थिए । सो अवसरमा केन्द्रिय सदस्य हरि सापकोटा, नेता जेएन थपलिया,विजय सुवेदी, प्रकाश खनाल सैलेश लगायतको सहभागी थियो ।

Promise Education Consultancy