संसद बैठकको संघारमा विप्लव र महरा बिच भेटघाट

काठमाडौ : लामो समय भुमिगत भएर भर्खरै मात्र सार्वजनिक भएका नेकपाका महासचिव नेत्र बिक्रम चन्द विल्पव र पूर्व सभामुख कृष्णबहादुर महरा बिच बिशेष भेटघाट भएको छ ।

वर्तमान सरकार संग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव आज महरा निवास खुमलटार पुगेर भेटघाट गरेका हुन । तत्कालीन माओवादी जनयुद्ध पछि शान्ती प्रक्रियामा आउँदा नेतृत्वदायी भुमिका खेलेका पूर्व सभामुख महरालाई राजनीतिक तथा शैक्षिक गुरुको रुपमा सम्मान गर्ने विप्लवले महरा संग भेटेर वर्तमान राजनीति अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको महरा निकट श्रोतले जनाएको छ ।

पछिल्लो समय विप्लव सार्वजनिक भएपछि राजनीतिक व्यक्तित्व महरा संग पहिलो भेटघाट हो ।

संसद पुनर्स्थापना पछि संसद बैठक बस्नु भन्दा अगाडी पछिल्लो राजनीतिमा चर्चाका रुपमा आएका विप्लव र पूर्व सभामुख महराको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

Promise Education Consultancy