प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको दोस्रो चरणको खोप

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।
दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।

दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उहाँले बताउनुभयो । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

Promise Education Consultancy