एक्सनमा उत्रिदै चितवन प्रहरी : घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन : चितवनमा घुस दिन खोज्ने ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । नारायणगढको पुल्चोकबाट नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ देउरालीका ३२ वर्षिय भरत लुंगेली मगर पक्राउ परेका हुन् ।

शनिबार पुल्चोकमा ना ३ ख २३२२ नम्बरको ट्रक रोकेर कागजपत्र चेकजाँच गर्ने क्रममा मगरले घुस दिन खोजेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए । उनले ड्यूटिमा रहेका प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई चितवन राईस मिल समितिको चलानीपत्र भित्र एक सय रुपैयाँ घुस राखी दिने खोजेको प्रहरीको भनाईछ । सवारी चालक अनुमतिपत्र साथमा नभएका मगरलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ ।

Promise Education Consultancy