विप्लव मैले कोरेकै गोरोटोमा आउनुभयो, यही लाइन र यही टिममा आउनैपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’

विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे ।अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

Promise Education Consultancy