विप्लव नख्खु पुगेपछिको माहोल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ फागुन २१ गते राष्ट्रिय सभागृहमा सार्वजनिक भए । अहिले उनको दैनिकी जेलमा रहेका आफ्ना नेता, कार्यकर्ता भेट्नु र छुटाउन रहेको छ ।

आज मात्रै विप्लव नख्खु कारा गारमा रहेका पार्टीका नेता हेमन्तप्रकाश ओलीलगायतलाई भेट्न पुगेका छन् । विप्लव नख्खु कारा गारमा पुग्दा नेताहरु हर्षित भएका छन् । उनीहरुले मुलधारको राजनीतिमा आएकोमा आफ्ना महासचिवलाई धन्यवाद पनि दिएका छन् । कारागारमा रहेका कार्यकर्ताहरुलाई छुटाएर विप्लवले देशव्यापी अभियान थाल्ने एक नेताले बताएका छन् । स्रोतका अनुसार विप्लव एक्लै नभएर ससाना कम्युनिष्टलाई मिलाएर अगाडि बढ्नेछन् ।

अहिले विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा आउन आग्रह गरिरहेका छन् । तर, विप्लव यति चाँडै कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेर आफ्नै संगठन बिस्तारमा लाग्ने बुझिएको छ । नेपालको राजनीतिक घटनाक्रमले कस्तो मोड लिन्छ त्यसमा हेर र पर्खको अवस्थामा विप्लव छन् । उनले बरु यसै खाडलमा पुरिने तर विदेशीको सामू नझुक्ने प्रतिवद्धता गरेका छन् ।

यता, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएका प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षमै ‘यू–टर्न’ हुँदै विप्लवसँगै कसरी अंकमाल गर्न पुगे भन्नेबारे राजनीतिक वृत्तमा धेरैको चासो छ ।

‘राजनीतिमा कोही पनि स्थायी शत्रु वा स्थायी मित्र हुन सक्दैन’ भन्ने तथ्यलाई प्रधानमन्त्री ओलीसँगै सम्बन्धित दुई घटनाक्रमले पुष्टि गर्दछ । २०७५ जेठ ३ गते पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेका ओली अहिले प्रचण्डविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् भने पार्टी औपचारिक रुपमै विभाजनको प्रक्रियाबाट गुज्रिरहेको छ ।
अर्कोतिर २०७५ फागुन २८ मा आफैले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धबाट फुकुवा गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सो पार्टीका महासचिव विप्लवको प्रशंसासमेत गरे ।

प्रशंसाको पुल बाँध्ने क्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई आफूले ८÷१० वर्षअघि विप्लवसँग निकैबेर छलफल गरेको र सोही छलफलदेखि एक अर्कामाथि विश्वास बढेको पनि सुनाए । तर ८÷१० वर्षअघि नै एक अर्कामाथि यसरी विश्वास बढेको भए प्रधानमन्त्री ओलीले नै दुई वर्षअघि विप्लव समूहमाथि किन प्रतिबन्ध लगाए भन्ने प्रश्न अनुत्तरित नै छ ।

Promise Education Consultancy