प्रधानमन्त्री हुने कुनै चाहना छैन : शेरबहादुर देउवा

 

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको प्रष्ट पार्नुभएको छ ।

नेपाल विद्यार्थी संघ नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको आज बिहान आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको हो । सभापति देउवाले प्रमुख प्रतिपक्षी भनेको ‘वेइटिङ प्राइममिनिस्टर’ भएको बताउनुभयो ।

उहाँले देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न आग्रह गर्नुभयो । सभापति देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताउनुभयो ।

उहाँले अहिले आफूहरुले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसदमा उनीहरुको प्रस्तुतिपछि मात्रै कांग्रेसले के गर्छ भन्ने बारेमा निर्णय गर्ने बताउनुभयो ।

Promise Education Consultancy