४ किलो अवैध गाँजा सहित तीन जना पक्राउ

चितवन : चितवन प्रहरीले ४ किलो अवैध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ११ जखेडीमाई मन्दिरस्थित प्रहरी विट गणेशस्थानबाट खटिएको प्रहरीको गस्ती टोलीले हिजो (बिहीबार) साँझ अन्दाजी ६ बजेको समयमा अवैध गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ नम्बरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २ बेलटाँडी बस्ने वर्ष २१ को श्याम थापा क्षेत्री र सोही ठाउँ बस्ने वर्ष ३२ को टेकेन्द्र राजबंशी, ईच्छाकामना गाउँपालिका ७ बस्ने बर्ष ३२ को भिमराज गुरुङ रहेका छन् । पक्राउ परेकाहरूलाइ हिजो (बिहीबार) देखी नै लागु हने गरी सम्मानित चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो । गत, फागुन २ गतेदेखि चितवनको प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनुभएका (एसपी) अधिकारी लागुऔषध गाँजा ओसारपसारका विरुद्धमा सशक्त भएर लाग्न मातहतका प्रहरी इकाइहरुलाइ निर्देशन दिदै आएपछि उनको टिमले सफलता हासिल गर्दै आएका छन् ।

Promise Education Consultancy