गाउँपालिकाद्वारा जनयुद्ध र जनआन्दोलनका शहिद, बेपत्ता परिवार र घाइतेलाई सम्मान

गाेरखा :  गण्डकी गाउँपालिका गाेरखाले जनयुद्ध देखि जनआन्दाेलन सम्मका शहिद,बेपत्ता, घाइते, बन्दीगृहमा यातना पाएका नागरिकहरुलाइ शहिद सप्ताहकाे अन्तिम दिन पारेर शुक्रबार सम्मान गरेकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनु भएका नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले परिवर्तनका लागि महान् जनयुद्धले खेलेको भूमिकालाई कसैले मेट्न खोज्दैमा नमेटिने बताए । नेपालको राजनीतिक सामाजिक, सांस्कृतिक परिवर्तनका लागि १० बर्षे जनयुद्धले बाटोको कोरेको उल्लेख गर्दै उनले अहिले प्राप्त सवै खालका उपलब्धि जनयुद्धका र त्यसको जगबाट सृजित उपलब्धि भएको बताए । गाउँपालिका अध्यक्ष हाेम बहादुर  रानाले विभिन्न प्रकारका आन्दाेलनका चरणबाट अहिलेकाे उपलब्धि हासिल भएकाे बताउँदै प्राप्त उपलब्धिकाे रक्षाका लागि सबै तहका नागरिकहरु लाग्नुपर्ने बताए । पालिकाले शहिद सप्ताहकाे अवसर पारेर  यहाँहरुलाइ सम्झन कै लागि कार्यक्रम गरिएकाे उनले बताए । जनयुद्धले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उनकाे भनाइ थियाे । गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ ले १० बर्षे जनयुद्धमा योगदान पुर्याएका घाइते, शहिद, बेपत्ता परिवार र पूर्णकालिन कार्यकर्तालाई सम्मान गरेको हाे । बर्तमान राजनीतिक उपलब्धी तथा ऐतिहासिका संबिधानसभा मार्फत प्राप्त नेपालको नयाँ संविधान जनयुद्धकै जगमा प्राप्त भएको भन्दै दुवै वडा कार्यालयले जनयुद्धमा सहभागी भएका वडा भित्रका पूर्णकालिन कार्यकर्ता, जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवार, घाइते तथा बेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको हो । कार्यक्रममा दुइ वडाका गरि करिब १५० जना भन्दा बढी परिबर्तनका लागि जनयुद्धमा होमिएका शहिदका परिवार, घाइते, बेपत्ता परिवार, लगायतलाई सम्मान गरिएको गाउँपालिकाले जनाएकाे छ ।  वडा कार्यालयले नै जनयुद्धका शहिद, बेपत्ता परिवार, घाइते तथा जेल जिवन बिताएका तथा पूर्णकालिन कार्यकर्तालाई सम्मान गर्नु जनयुद्धकै बास्तविक सम्मान पनि भएको कार्यक्रमका बक्ताहरुले बताएका थिए । कार्यक्रममा नेकपा गण्डकी गाउँपालिका इन्चार्ज एवम गण्डकी प्रदेश कमिटिका सदस्य दिपक तिमेल्सिना (साकार) जनयुद्धका क्रममा जेल पर्नुभएका स्थानीय नेता शिव रेग्मी, बेपत्ता हुनुभएका ज्ञानबहादुर गुरुङका छोरा, बुद्धिजिवी बासुदेव रेग्मी लगायतले सम्बोधन गरेका थिए  । वडा नम्बर ७ को कार्यालयमा वडाध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले सञ्चालन गरेका थिए ।q

Promise Education Consultancy