नारायणगढ–मुग्लिन सडक एक हप्ता दैनिक साढे चार घण्टा बन्द गरिने

चितवन :  नारायणगढ–मुग्लिन सडक एक हप्ता दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामहरु सम्पन्न गर्नका लागि फागुन २३ गतेदेखि एक हप्ता बन्द गरि काम गर्न लागिएको हो । एक हप्ता सम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सो अवधि भर नारायणगढ तर्फबाट गएका सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट आउने सवारी साधनलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिनेजिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुखय दयाकृष्णभट्टले जानकारी दिनुभयो । साथै उहाँले उक्त अवधिमा संभव भएसम्म वैकल्पिक सडकमार्गको प्रयोग गर्नुहुन समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

Promise Education Consultancy