विप्लवको प्रतिबद्धता : तीनबुँदे सहमतिको पालना गर्ने

काठमाडौँ : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरुले प्रतिबद्ध जनाउने बताएका छन् ।

शुक्रबार हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले भनेका छन्, तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका गर्न्र जरुरी छैन। उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए।

उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए । सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको उनले बताए । विप्लवले शहिदको सपना मर्न नदिने भन्दै उल्लेख गरे । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

Promise Education Consultancy