सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति

 

काठमाडौँ : सरकार र नेकपा विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र यस्तो छ :

१, दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत अन्य मन्त्रीहरुको उपस्थित रहेको छ।

Promise Education Consultancy