बेलायतको पर्यटन दूतमा श्रेष्ठ नियुक्त

एजेन्सी : व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो ।

लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले बताउनु भयो ।

लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

Promise Education Consultancy