तीन सातापछि रसुवागढी नाका सञ्चालनमा

 

रसुवा : नेपाल–चीन व्यापारीक नाका रसुवागढी तीन सातापछि सञ्चालनमा आएको छ । गत माघ २९ गतेदेखि बन्द नाका आजदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपाली व्यावसायीको सामान बोकेका ७ कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको रेग्मीले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाली पक्षलाई दिएका थिए ।

भन्सार प्रशासन खुला रहे पनि कामदार अभावमा नाकाको व्यापार ठप्प थियो । कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण पटक पटक रसुवागढी नाका अवरुद्ध हुँदै आएको छ ।

रसुवागढी र तातोपानी बाट अहिले कोटा प्रणालीमा माल वस्तु आयात हुने गरेको छ ।

Promise Education Consultancy