देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।

हाल देशका केही पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Promise Education Consultancy