फेसबुक कम्प्युटर सप्लायर्सले खैरहनीको पर्सामा शाखा उद्वघाटन

चितवन : चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले खैरहनीको पर्सामा शाखा विस्तार गरेको छ । विस्तारीत शाखाको बिहीबार खैरहनीका नगरप्रमुख लालमणि चौधरीले उद्घघाटन गरे ।
विस्तार शाखा उद्घघाटन गर्दै नगरप्रमुख चौधरीले खैरहनी नगरपालिका व्यवसायिक हवको रुपमा विकास हुँदै गएको बताए । यहाँ उद्योग र व्यवसाय फस्टाउँदै गएको उल्लेख गर्दै चौधरीले व्यवसायिक र औद्योगिक वातावरण बन्दै गएको बताए । खैरहनी कृषिसँगै उद्योग र व्यवसायको सम्भावित नगर भएकाले ती क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेकाले त्यसैको आधारमा नगरवासीको आर्थिक समृद्धि हुने चौधरीले विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका द्वितीय उपाध्यक्ष जगतबहादुर पाण्डे, क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुसालले मन्तव्य राखेका थिए । फेसबुक कम्प्युटर सप्लायर्सका सञ्चालक दीलिपकुमार तामाङका अनुसार पूर्वी चितवनलाई लक्षित गर्दै पर्सामा शाखा विस्तार गरिएको हो । पर्सा शाखाबाट ल्यापटप, डेस्कटप, प्रिन्टर, सेक्युरिटी डिभाईस, सिसी क्यामेरा, मोबाइल बिक्री तथा मर्मत गरिने सञ्चालक तामाङले जानकारी दिए । यस शाखामा करिब १ करोड रुपैयाँ लगानी रहेको उनले बताए ।

Promise Education Consultancy