एस्ट्रल युथ क्लव चोकबजारले गर्याे कार्की र राणालाई सम्मान

चितवन : चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की र एजे इभेन्ट्सका प्रमुख कार्यकारी आलोक प्रताप राणा सम्मानित भएका छन् । आज एक कार्यक्रमका विच भरतपुर ६ चोकबजारमा कार्की र राणा सम्मानित भएका हुन् ।

एस्ट्रल युथ क्लव चोकबजारले एन्फा बागमती प्रदेश संघको कोषाध्यक्ष भएका जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण काकी र नेशनल लिग कमिटिका मनोनित भएका एजे इभेन्ट्सका प्रमुख आलोक प्रताप राणालाई सम्मान गरेको हो । चितवनको फुटबलको बिकास र चलाएमान बनाउन सक्रिय भएर लागेका कारण उनिहरुलाई सम्मान गरिएको एस्ट्रल युथ क्लवका अध्यक्ष प्रकाश भुजेलले बताए । उनका अनुसार सम्मानित व्यक्तित्वहरु चितवनको फुटबलको गौरव हुन् ।

कार्यक्रममा प्रमुख अतिथि सेन्ट्रल कलेज अफ भोकेसनल टे«निङ्ग सेन्टरका प्रमुख यज्ञ प्रसाद पौडेलले चितवनमा फुटबलको राम्रो सम्भावना रहेको र यहाँको फुटबललाई सबै क्षेत्र मिलेर बिकास गनुपर्ने बताए । उनले फुटबलको बिकास गर्न गरिने क्रियाकलापमा सेन्ट्रल कलेजको सदैव साथ हुने बताए ।

एस्ट्रल युथ क्लव चोकबजारले पश्चिम चितवन गितानगर क्षेत्रमा ग्रास रुट फुटबल, खेलाडि उत्पादन तथा विभिन्न फुटबल गतिविधि गदै आएको छ ।

Promise Education Consultancy