कोरोना अपडेट : १०७ जनामा संक्रमित , ७८ संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप एक सय सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय सात जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार चार सय ८८ जना पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर सात सय ९५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ७८ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कुनै पनि बिरामीको मृत्यु भएको छैन । हाल ५७ जना क्वारेन्टाइनमा छन्।

Promise Education Consultancy