विप्लव पराजित भएर आए कि, केपीको संकट टार्न ?

विचार  : विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई २०७५ साल फागुन २८ गते केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न एक हप्ता बाँकी रहँदा विप्लव प्रधानमन्त्री केपी ओलीसँगै खुल्ला कार्यक्रममा प्रकट हुँदैछन् ।

करिव एक दर्जन जति विप्लव नेतत्वका कार्यकर्ताहरु सरकार र आन्तरिक दुर्घटनाबाट मारिए । सरकारबाट उनका पार्टीका शीर्ष नेता धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता तथा कार्यकर्ता अझै जेलमा रहेका छन् । सयौं नेता तथा कार्यकर्ताहरुले यसबीचमा सरकारसँग आत्मसमर्पण गरे ।

विप्लवहरु कमजोर भएर मात्र सरकारबाट विदा हुन लागेको केपी नेतृत्वको सरकारसँग वार्ता गर्न आएका हुन् कि केपी ओलीसँग लामो सहकार्यका लागि आएका हुन ? या दुवै हो ? यो प्रश्न यतिबेला नेपाली राजनीतिमा उब्जिएको छ ।

उनीहरुले यसबीचमा खासै प्रभावकारी खाले राजनीतिक र फौजी कार्यक्रम गर्न नसक्ने अवस्थामा पुगेका थिए । वास्तवमा यो पार्टी निकै संकटमा थियो । उनीहरुले वार्तापूर्व पूर्व शर्त राख्ने गर्थे । पार्टीमाथिको प्रतिबन्ध हटाउने र जेलमा राखेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहा गरेपछि मात्र वार्तामा बस्ने कुरा गर्थे । सरकारसँग बसेर शान्तिपूर्ण गतिविधिमा जाने प्रतिबद्धतापछि नै उनीहरुको पार्टीको प्रतिबन्ध फुकुवा भएको छ र जेलमा रहेका नेता तथा कार्यकर्ताहरु छुट्ने अवस्थामा पुगेका छन् ।

विप्लवहरु कमजोर भएर मात्र सरकारबाट विदा हुन लागेको केपी नेतृत्वको सरकारसँग वार्ता गर्न आएका हुन् कि केपी ओलीसँग लामो सहकार्यका लागि आएका हुन ? या दुवै हो ? यो प्रश्न यतिबेला नेपाली राजनीतिमा उब्जिएको छ ।

प्रचण्ड र माधव नेपाल सरकारमा सहभागी भएको अवस्थामा विप्लव नेतृत्वको पार्टीमाथिको स्वतः प्रतिबन्ध हट्ने थियो । विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने अवस्था नहुँदै प्रतिबन्ध लगाइएको थियो । विखण्डनकारी सीके राउत जसरी अप्रत्यासित रुपमा केपीको सरकारसँग वार्तामा आए, कमजोर भए, विप्लवको अवस्था सीकेको अवस्थामा हुने देखिएको छ । गणतन्त्र, समावेशी, संघीयता, समानुपातिकको मुद्दालाई नै सिध्याउन खोजेका केपीसँग किन विप्लव आउँदैछन् ? जवकि यो सरकारको आयु नै केही दिन मात्र छ ।

यो असामान्य अवस्थामा विप्लवको आगमनले प्रतिगमनको यात्रामा हिंडेका केपीलाई बलियो बनाउने अवस्था आएको छ । प्रचण्डका विरुद्ध केपी ओलीको रणनीतिमा विप्लव फँसेको हुनसक्ने अनुमान पनि यतिबेला राजनीतिकका विश्लेषकहरुको छ ।

Promise Education Consultancy