अध्यक्ष प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् ।

खोप लगाएपछि उनी आराम कक्षमा छन् । आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ । यसअघि सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Promise Education Consultancy