सांसद रानाभाटको स्मृति सभामा काँग्रेस सभापति देउवासहितका शीर्ष नेता आज चितवन आउँदै

 

चितवन :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन आउने भएका छन् । दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता आज (बुधबार) चितवन आउने कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

सभापति देउवा हेलिकोप्टरमा आउने श्रेष्ठले जानकारी दिए । कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

Promise Education Consultancy