सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप

 

काठमाडौं  : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। सांसदहरुलई आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ।

फागुन २३ गते संघीय संसदको हिउँदै अधिवेशन सुरु हुनु अगावै उनीहरुलाई खोप लगाइँदै छ । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा निजी सचिवालयमा कार्यरत कर्मचारीलाई समेत खोप दिइने छ ।

संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ। आज छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने बताइएको छ।

फागुन २३ गतेदेखि भने ६० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

Promise Education Consultancy