विभिन्न सुधारको माग राख्दै त्रिवेणी बराह माविमा नेविसंघ इच्छाकामनाले बुझाए ज्ञापनपत्र

चितवन  :  इच्छाकामना ५ स्थित त्रिवेणी बराह माध्यमिक विद्यालय मुग्लिनको विभिन्न पक्षको सुधारको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाले विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । विद्यालयमा विद्यालय परिसरमा सरसफाइको व्यवस्था नभएको , विद्यालय व्यवस्थापन समिति गठन गर्न ढिला गरेको, अभिभावक भेला नभएको लगायतका समस्या  तुरुन्तै समाधान गर्न विद्यालयका प्रधानाध्यापक युवराज लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेविसंघ इच्छाकामनाका अध्यक्ष सनम पन्त र सचिव करण कुँँवर लगायतले ज्ञापन पत्र बुझाएका हुन् । यी कमजोरीहरुलाई तत्काल सामाधान गर्न माग गरिएको अध्यक्ष सनम पन्त जानकारी दिनुभयो । शैक्षिक लगायतका अन्य भौतिक सुधारका लागि गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा नेविसंघले विद्यालय प्रशासनलाई ज्ञापनपत्र सहित दबाब दिने पन्तको भनाई छ ।यस अघ पनि विभिन्न माग राख्दै नेविसंघले केही विद्यालयहरुमा ज्ञापनपत्र बुझाएका थिए ।

Promise Education Consultancy