महिला सञ्चारकर्मीको गोली हानेर हत्या

एजेन्सी :अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या भएको छ । पूर्वी अफगानिस्तानको जलालाबादमा मंगलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेको हो ।

युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयास समस्यामा पारेको छ ।

कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारी मारिएको एनिकास टिभीका निर्देशक जलमाई लतीफीले बताउनुभयो ।

घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।

Promise Education Consultancy