काँग्रेसको ध्यान महाधिवेशन केन्द्रित हुनु जरुरी छः नेता कोइराला

 

चितवन : नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अहिले काङ्ग्रेसको ध्यान महाधिवेशन केन्द्रित हुनु पर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकासँग कुराकानी गर्दै उनले काँग्रेस सरकार केन्द्रित नभई महाधिवेशन केन्द्रि हुनु पर्ने बताए । अहिलेको अवस्थामा काँग्रेस सरकारमा जान नहुने उनको भनाइ छ ।
संविधानले तोकेको समय समेत अधिबेशनका लागि खर्च भई सकेको भन्दै उनले महाधिवेशन हुने विश्वास व्यक्त गरे । उनले भने “महाधिवेशन हुन्छ । संविधानले दिएको समय समेत हामीले लियौ ।” अब महाधिवेशनलाई रोक्न नसकीने उनले बताए ।
महाधिवेशनका लागि दाजु भाइ नै नेतृत्वमा आउने कुरा के हो भन्ने पत्रकारको प्रश्नमा उनले भने “दाजुभाईले राजनिति गर्नु हुँदैन भन्ने कहाँ लेखेको छ । नेतृत्वमा आउने बिषयमा सल्लाहा गरेर अघि वढ्छौ ।”

अहिले नेकपाको बहुमत रहेको अवस्थामा सरकार कसरी जनो उनको भनाई थियो । काङ्ग्रेस सरकारमा जाने बिषयमा नेकपाको विवाद निर्वाचन आयोगले टुङ्गाउन आवश्यक रहेको कोइरालाले बताए।

Promise Education Consultancy