ट्याक्टरको ट्रलीले लागेर एकको मृत्यु

मोरङ : मोरङको उर्लाबारी- १ टपुखोलामा लोड गर्ने क्रममा ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु भएको छ ।

मोरङ रतुवामाई घर भएका ५१ बर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा खड्कालाई ट्रली पल्टेर किच्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

 

Promise Education Consultancy