ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन् ।

Promise Education Consultancy