आज प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा

काठमाडौं :  हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिंदैन ।

हाल देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Promise Education Consultancy