प्रेस संगठन मकवानपुरको संयोजकमा थापा

मकवानपुर :  प्रेस संगठन मकवानपुरको संयोजकमा सञ्चारकर्मी अञ्जली थापा चयन हुनु भएको छ ।आज मकवानपुरमा सम्पन्न प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलाले थापालाई संयोजक घोषणा गरेको हो । भेलाले संगठनको सहसंयोजकमा एमपी शर्मा र शिव चौलागाईलाई चयन गरेको छ । साथै संगठनको सचिवमा नविन तिमल्सीना चयन हुनु भएको छ ।

भेलाले बागमती प्रदेश अन्तरगत दश वटै जिल्लाको संगठनको संयोजक, सह संयोजक र सचिवहरुको टुङ्गो लगाएको हो । भेलामा संगठनका केन्द्रिय अध्यक्ष महेश्वर दाहालले संगठनको प्रदेश संयोजक, सहसंयोक, सचिव र सदस्यहरु सहित जिल्लाका संयोजक सहसंयोजक र सचिवलाई सपथ ग्रहण गराउनु भएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा सांसद तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सांसद प्रेम बहादुर पुलामी, संगठनका केन्द्रिय सहसंयोजकहरु विष्णु सापकोटा, मनोज घर्ती, राजेश राई, संगठनको बागमती प्रदेश इन्चार्ज रामकुमार एलन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संगठनका प्रदेश संयोजक सुनिल खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

Promise Education Consultancy