पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवन : चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका व्यवसायी घिमिरेले ‘उनले जस्तै..’उत्कृष्ट गीत लेखेका छन् । घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।

 

 

 

 

 

सार्वजनिक गीतको भिडियोमा कमल सिंह, नग्मा श्रेष्ठ र समिक्षा पोखरेललाई फिचर्ड गरिएको छ । भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने रमेश थापाले सम्पादन गरेका छन् ।

Promise Education Consultancy