धुर्मुस सुन्तलीको अफर : एक लाख तिरे रङ्गशालाको कुर्सीमा नाम लेख्न पाइने

भरतपुर:  चितवनको भरतपुरमा निर्माणाधीन रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा आर्थिक संकट परेपछि धुर्मुस सुन्तली फाउण्डेसनले नयाँ अफर सार्वजनिक गरेको छ ।

नयाँ अफर अनुसार सर्वसाधारणले रंगशालाको कुर्चीमा एक लाख तिरेर नाम लेखाउन पाउने छन् । धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।

कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ । पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि फाउण्डेशनले यस अभियानको सुरुवात गरेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

Promise Education Consultancy