प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी

काठमाडौं : प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको हो ।

चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । बराबरी खेलेसँगै युनाइटेडले शीर्ष स्थानको सिटीसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ । लिगमा २६ खेल खेलेको युनाइटेडले ५० अंक जोडेको छ । युनाइटेड तालिकाको दोस्रो स्थानमा छ । यता चेल्सीले ४४ अंक जोडेर पाँचौं स्थानमा छ ।

Promise Education Consultancy