रुसले भू–उपग्रह प्रक्षेपण,आर्कटिक महासागरको जलवायु र पर्यावरणमाथि निगरानी गर्नी

एजेन्सी : आर्कटिक महासागरको जलवायु र पर्यावरणमाथि निगरानी गर्नरुसले भू–उपग्रह प्रक्षेपण गरेको छ । रुसले आइतबार ‘आर्कटिका–एम’ नामक भू–उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । रुसी स्पेस एजेन्सी रोसकोसमोसका प्रमुख दिमित्री रोगोजिनले बताए अनुसार काजाकास्तानको बेकोनोर कोस्मोड्रोम क्षेत्रबाट सोयुज रकेटबाट भू–उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याइएको छ । कक्षमा पुगेको भू–उपग्रह आर्कटिक महासागर र पृथ्वीको सतहमा निगरानी गर्न सक्षम हुने रागोजिनले बताए ।

यो भू–उपग्रहले १५ देखि ३० मिनेटमा आर्कटिक महासागरको फोटो पठाउने छ । सन २०२३ मा पनि रुसले अर्को भू–उपग्रह पठाउने छ । दुवै भू–उपग्रहले चौबिसै घण्टा आर्कटिक महासागर र पृथ्वीको सतहमा हुने हलचलको निरीक्षण गर्ने स्काई न्यजले जनाएको छ । पछिल्ला तीन दशक आर्कटिक महासागरको तापक्रम विश्वब्यापी औसत दरभन्दा दोब्बर बृद्धि भैरहेको छ । रुसले उर्जामा अझै समृद्धि हाँसिल गर्नका लागि हिउँ पग्लिरहेको उत्तरी समुन्द्री मार्गमा लगानी बढाइरहेको छ ।

Promise Education Consultancy