रमपम चौथो गोलबजार मेयर गोल्ड कप यहि फागुन २१ बाट शुरु

सिरहा : रमपम चौथो गोलबजार मेयर गोल्ड कप २०७७ फागुन २१ बाट शुरु हुने भएको छ । गोलबजार नागरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा क्लबको सहभागिता हुने जानकारी आयोजकले दिइएको छ ।

गोलबजारका मेयर देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासका लागि खेल आवश्यक भएको बताउनुभयो । आफू निर्वाचित भएर नगर प्रमुखको हैसियतमा कार्य शुरु गर्ने वित्तिकै खेलकुदका कार्यक्रमहरु गर्दै आएको मेयर साहको भनाइ छ । ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता हो ।’ मेयर साहले भन्नुभयाे ।

प्रतियोगिता फागुन २१ गतेबाट शुरु भई २८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गोलबजार प्रतिभा क्लब निलो र रातो, त्रिभुवन आर्मी फुटवल क्लब, नेपाल एपिएफ फुटवल क्लव काठमाडौं, हल्दीवारी फुटवल क्लव जलथल झापाको सहभगिता रहने छ ।त्यसैगरी, एभरेष्ट फुटवल क्लव धरान सुनसरी, डागीहाट फुटवल क्लव मोरङ्ग, गाईघाट फुटवल क्लव उदयपुर प्रतियोगितामा सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरस्कारको लागि मात्र १० लाख ९६ हजार ४ सय ४४ रुपैयाँ छुट्याएको आयोजकले जनाएको छ । खेलका लागि प्रथम हुनेलाई ४ लाख ४ हजार ४ सय ४४, दोस्रो हुनेलाई २ लाख ७५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्रदान गरिने छ ।त्यसैगरी, खेल अवधिभरका सर्वोत्कृष्ट पुरस्कार ३० हजार एकजनालाई, उत्कृष्ट खेलाडी पुरस्कार २० हजारका दरले ४ जनालाई, गोलबजार नगरक्षेत्रका उदीयमान एक जना खेलाडीलाई २ लाख ५० हजार बराबरको मोटरसाइकल, म्यान अफ दि म्याच ६ हजारका दरले ९ जनालाई दिने आयोजकले जनाएको छ । खेलको सम्पूर्ण व्यवस्थापनमा करिव ३९ लाख रुपैयाँ खर्च हुने आयोज कक्लवका अध्यक्ष सन्जिव लामाकाे भनाइ छ ।

Promise Education Consultancy