साताको पहिलो दिन नेप्से ७९.७४ अंकले घट्यो

काठमाडौँ: साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ ।  कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो ।

यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। यस्तै एक करोड ५७ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम दिन बिहीबार छ अर्ब रूपैयाँ बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको छ ।

बजारमा पहिरो गएको दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ । यो बाहेक अन्य सबै समूह राताम्मे बनेका छन् ।जसमध्ये सबैभन्दा बढी जीवन बीमा छ सय १५, उत्पादनमूलक एक सय ९४, निर्जीवन बीमा एक सय ७९ अंकले घटेका छन् । बजार घटे पनि आज चन्द्रगिरि हिल्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर चार सय १४ रूपैयाँ प्रतिकित्ता पुगेको छ ।

Promise Education Consultancy