मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङमा ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

कुरिनटार :  पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–नौबिसे सडक खण्डको चितवन इच्छाकामना ३ फिस्लिङमा ट्रक दुर्घटना हुदाँ राजमार्ग अवरुद्ध भएको छ। आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको ना ८ ख १५०९ नम्बरको ट्रक सडकमा पल्टिदाँ राजमार्ग अवरुद्ध भएको हो।

अहिले उक्त ट्रकलाई क्रेनको सहायता मार्फत सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुघटनामा मानवीय क्षती भने भएको छैन। तस्वीरः दान बहादुर गुरुङ

Promise Education Consultancy