भौगाेलिक आधारमा पारिश्रमिक निर्धारण हुने

काठमाडौं :भौगोलिक आधारमा पारिश्रमिक निर्धारण हुने भएको छ । औपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीका लागि एकै प्रकारको न्युनतम पारिश्रमिक निर्धारण हुँदै आएकोमा अब भने भौगोलिक आधारमा पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको छ ।

व्यवसायी तथा विज्ञहरुको सुझावका आधारमा श्रम तथा रोजगार मन्त्रालयले भौगोलिक आधारमा न्यूनतम पारिश्रमिक निर्धारणको गृहकार्य गरिरहेको कारोबार दैनिकमा प्रकाशित छ ।

Promise Education Consultancy