मध्यवर्तीमा मनपरी : १० टिपको अनुमती,कीर्ते गरि तीस टिप निकासा !

 

दयाराम आचार्य, कावासोती : नवलपरासी पूर्व नवलपुरको मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको निकासीमा अनियमितता धेरै हुने गरेको छ । मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अनुमतीमा मध्यवर्ती वन समितिको सिफारिसमा नदिजन्य पदार्थ निकाल्न पाइन्छ । मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थ निकासामा थोरै पऋणामको सिफारीस र राजश्व तिरेर धेरै परिमाण नदिजन्य पदार्थ निकाल्ने गरिएको छ ।
समितिको सिफारीसमा अवस्था हेरेर आवश्यक नदिजन्य पदार्थ निकासीकालागि अनुमती दिने गरिएको छ । घरायासी प्रयोगनकालागि हप्तामा तीन दिन निकासा गर्न दिने गरिएको छ । समितिले घरायासी प्रयोजनकालागि प्रति ट्याक्टर रु। ३०० लिने गर्दछ भने निकुञ्जले रु। ४५ राजश्व लिने गर्दछ । वन समितिले मागको आधारमा वर्षमा १२ हजार घनमीटरसम्म नदिजन्य पदार्थ निकाल्न पाउछन् । घरायासी प्रयोजनकालागि पश्चिम सेक्टरले अनुमती दिन्छ भने, अन्य योजनाहरुकालागि वडाको सिफारीसमा वन समितिले कसरामा अनुमतीकालागि सिफारीस गर्ने गर्दछन् ।
सोही आधारमा नदिजन्य पदार्थ निकासा गर्न दिइन्छ । यसका कतिपयले कृते समेत गर्ने गरेका छन् । प्रदान गरिएको रसिदमा कृते गरी उत्खनन् गर्ने गरेको समेत भेटिएको छ । लामिचौर उपभोक्ता समिति मार्फत बुधबारमात्रै एउटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ । १० टिप ट्याक्टरको लागि सिफारिस लिएर आफै कीर्ते गरी २० टिप थपि ३० टिप बनाएर नदिजन्य पदार्थ निकासा गरेको भेटिएकाले आफूहरुले नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय पठाएको अध्यक्ष बासुदेव पौडेलले बताउनुभयो । कोही व्यक्तिका कारण आफूहरू समेत कालोसूचिमा पर्न सक्ने भएकाले यस विषयमा सजग रहेको अध्यष पौडेलले बताउनुभयो । पश्चिम सेक्टर कार्यालय प्रमुख पशुपति अधिकारीका अनुसार ट्याक्टर सहित नियन्त्रणमा लिएका व्यक्तिलाई आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको छ ।
प्रभावकारी अनुगमन नहुदा सहजै रुपबाट मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको अबैध निकासी हुने गरेको छ । निकुञ्जमा जनशिक्ति अभाव हुनु र वन समितिले समेट कडा रुपमा निगरानी नगर्दा चुहावटा हुँदै आएको छ । बिगतको तथ्यले चुहावटमा कर्मचारी र वन समितिका पदाधीकारीको समेत संलग्नता हुने देखिएको छ ।
अघिल्ला वर्षहरुमा ५० प्रतिशत धेरै चुहावट हुने गरेको गएको वर्ष र यो वर्ष भने कम चुहावट कम भएको चितवन राष्ट्रिय निकुञ्जका पश्चिम सेक्टरका कार्यालय अमलटारीका प्रमुख पशुपति अधिकारीले बताउनुभयो ।
गएका वर्षहरुमा आफ्नै कर्मचारी र समितिका व्यक्तिहरू समेत चुहावटमा संलग्न भएको आफूले सुनेको प्रमुख अधिकारीले बताउनुभयो । ‘पहिला ५० प्रतिशतभन्दा धेरै चुहावटनै हुने गरेको रहेछ, पहिला पहिला हाम्रै पुराना कर्मचारीले पनि त्यस्तो गरको सुने, समतिका पुराना कर्मचारीले पनि चुहावट गरको भन्ने पाईयो, धेरै चुहावट हुने रैछ, अहिले केही सुधार भएको छ’ प्रमुख अधिकारीले भन्नुभयो । आफूहरुको जनशक्ति अभावन हुदा यसको पूर्ण नियन्त्रणमा कठिनाई हुने गरेको उहाँको भनाई छ ।
कतिपय समितिका मान्छेको काम ढुङ्गा,गिट्टी,बालुवाको व्यापारलाई कसरी सहज गर्न सकिन्छ भन्ने मात्रै हुने गरेको उहाँको भनाई छ । ‘बठ्याई त एकदम हुन्छ,समतिमा बस्नेहरुको यहाँ काम भनेको त्यति ढुङ्गा गिट्टी बालुवा व्यापारलाई सहजगर्न सकिन्छ भनेर बस्छन्’ प्रमुख अधिकारीले भन्नुभयो ।

Promise Education Consultancy